गणतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्तिहरु पुनः एकजुट हुनुपर्छ: मुख्यमन्त्री आचार्य
▸ यस स्टोरीको अंश: मुख्यमन्त्रीहरू गणतन्त्रको रक्षाका लागि एकजुट हुन आह्वान गर्छन्
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गणतन्त्रवादी तथा संविधान निर्माणका क्रममा एक ठाउँमा उभिएका शक्तिहरु पुनः एकजुट हुनुपर्ने आवश्यकता रहेको बताएका छन्। लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको १९ औँ गणतन्त्र दिवस मूल समारोहलाई शुक्रबार राप्ती उपत्यका (देउखुरी) स्थित प्रदेश प्रशासनिक परिसरमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लामो संघर्ष, त्याग र बलिदानीबाट प्राप्त उपलब्धिमाथि धावा बोल्ने काम भइरहेको भन्दै उपलब्धिको रक्षाका लागि सबै सचेत नागरिक एक ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याएका हुन ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›