लोकप्रियतावादका नाममा गणतन्त्रको आधार कमजोर पार्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कार्की
▸ यस स्टोरीको अंश: मुख्यमन्त्रीहरू गणतन्त्रको रक्षाका लागि एकजुट हुन आह्वान गर्छन्
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकप्रियतावादका नाममा गणतन्त्रका आधारलाई कमजोर पार्ने प्रयास भइरहेको बताएका छन्। उनले लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि संघर्ष गरेका शक्तिहरूबीच सहकार्य, समन्वय र आपसी विश्वासको वातावरण निर्माण गरी गणतन्त्रका उपलब्धिलाई थप सुदृढ र संस्थागत बनाउनुपर्ने आवश्यकता औँल्याए। कार्कीले नेपाली जनताको लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रले मुलुकलाई नागरिक स्वतन्त्रता, समावेशी शासन प्रणाली र लोकतान्त्रिक अभ्यासको दिशामा अगाडि बढाएको उल्लेख गरे।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित