मन्त्री पौडेलविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी

यस स्टोरीको अंश: बाजुरा-हुम्ला सीमा अध्ययन गर्न समिति गठन
nayapage.com · 4 दिन अघि

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक सदस्य पदमा सरकारले गरेको पछिल्लो नियुक्ति गम्भीर विवादमा तानिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस) ले वैशाख ३१ गते मन्त्रीस्तरीय निर्णय गर्दै ५ जना सदस्यहरू नियुक्त गरेपछि उक्त प्रक्रियामा आर्थिक तथा राजनीतिक चलखेल भएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको हो। निगमको सञ्चालक समिति सदस्यमा कास्कीका डा. दीपक प्रसाद बास्तोला, चितवनका प्रविन भट्टराई, ललितपुरका महेश्वर भक्त श्रेष्ठ, काठमाडौंकी रुपा लामिछाने र स्याङ्जाका लिलाराज ढकाल नियुक्त भएका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू