विपक्षीको विरोधलाई रास्वपा सांसद खरेलले ‘तमासा’ भनेपछि संसदमा तनाव
▸ यस स्टोरीको अंश: विपक्षीको अवरोध र रास्वपा सांसदको टिप्पणीपछि प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले जारी राखेको विरोधलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले ‘तमासा’ भनी टिप्पणी गरेपछि संसद् वातावरण केहीबेर तनावपूर्ण बनेको छ । प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी सांसदहरूले निरन्तर अवरोध गरिरहेकै अवस्थामा कार्यसूचीअनुसार पर्यटन विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिन रोष्ट्रम पुगेका सांसद खरेलले आफ्नो धारणा राख्ने क्रममा विपक्षीप्रति कडा टिप्पणी गरेपछि सदनमा थप आक्रोश बढेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›