कृषि मन्त्रालयलाई ४६ अर्ब ९२ करोड बजेट, हिल्सामा पशु क्वारेन्टिन स्थापना गरिने
▸ यस स्टोरीको अंश: सरकारले २ करोडसम्म लगानी गर्ने किसानलाई ४०% अनुदान दिने, कृषि क्षेत्र सुधारको घोषणा
सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, वन तथा पर्यावरण मन्त्रालयलाई ४६ अर्ब ९२ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि उक्त बजेट विनियोजन गरिएको जानकारी दिए । बजेट वक्तव्यका क्रममा अर्थमन्त्री वाग्लेले हुम्लाको हिल्सास्थित सीमा नाकामा पशु क्वारेन्टिन स्थापना गरिने घोषणा पनि गरे । सरकारका अनुसार हिल्सा नाकामा पशु क्वारेन्टिन स्थापना गरी पशुजन्य वस्तु तथा पशुधनको आवागमन व्यवस्थापनलाई थप व्यवस्थित बनाइनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित