हुम्ला–बाजुरा विवादपछि धुलाचौरमा हुम्ली यात्रु अलपत्र
▸ यस स्टोरीको अंश: हुम्ला–बाजुरा सीमा विवादले धुलाचौरमा यात्रु अलपत्र, यातायात अवरुद्ध
हुम्ला र बाजुराको सीमावर्ती क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माण गर्ने विषयलाई लिएर दुई जिल्लाका स्थानीयबीच भएको विवादपछि बाजुराको धुलाचौर बजारमा हुम्लाका सयौँ यात्रु अलपत्र परेका छन् । जेठ ५ गते बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा हुम्ला र बाजुराका स्थानीयबीच भएको झडपमा छ जना घाइते भएपछि त्यसको प्रभाव यातायातमा परेको छ । काठमाडौं, नेपालगञ्ज र सुर्खेतलगायत विभिन्न स्थानबाट हुम्लातर्फ गएका यात्रुहरू दुई दिनदेखि कर्णाली करिडोरअन्तर्गत धुलाचौर क्षेत्रमा रोकिएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›