तेज ब्रान्डको तोरीको तेल बजारबाट फिर्ता गर्न विभागको निर्देशन

यस स्टोरीको अंश: खाद्य विभागद्वारा गुणस्तरहीन ‘तेज’ ब्रान्डको तोरी तेल बजारबाट फिर्ता गर्न निर्देशन
www.osnepal.com · 12 घण्टा अघि

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन भन्दै तेज ब्राण्डको तोरीको तेल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । विभागका अनुसार सिद्धार्थ आयल इन्डस्ट्रिजद्वारा उत्पादित तेज ब्रान्डको तोरीको तेल न्यूनस्तरको भेटिएको हो । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम परीक्षण गर्दा उक्त तेल नेपाल सरकारले तोकेको मापदण्डअनुसार नभेटिएपछि सम्बन्धित ब्याचका सबै उत्पादन बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू