‘तेज’ तोरीकाे तेल गुणस्तरहीन : बजारबाट फिर्ता गर्न खाद्य विभागको आदेश
▸ यस स्टोरीको अंश: खाद्य विभागद्वारा गुणस्तरहीन ‘तेज’ ब्रान्डको तोरी तेल बजारबाट फिर्ता गर्न निर्देशन
‘तेज’ ब्रान्डको तोरी तेल न्यूनस्तर पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ । विभागले आज सूचना जारी गर्दै बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुना परीक्षण गर्दा नेपाल सरकारले तोकेको मापदण्डअनुसार नभेटिएकाले उक्त उत्पादन बिक्री वितरण नगर्न तथा बजारबाट फिर्ता (रिकल) गर्न निर्देशन दिएको जनाएको छ । विभागका अनुसार आयातित तोरी गेडाबाट उत्पादन गरिएको ‘तेज’ ब्रान्डको तोरी तेलको ब्याच नम्बर २० रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›