अनुमति बिना सञ्चालन भएका कन्सल्टेन्सीमाथि अनुसन्धानप्रति महासंघको समर्थन
▸ यस स्टोरीको अंश: शैक्षिक परामर्श संस्थामा प्रहरी छापा: व्यवसायी र सरकारी अधिकारीबीच छलफल
नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघले केही शैक्षिक परामर्श संस्थामाथि भइरहेको अनुसन्धान तथा कानुनी कारवाहीप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। महासंघले विधिवत् अनुमति बिना सञ्चालन भएका संस्थामाथि गरिएको अनुगमन, अनुसन्धान तथा कानुनी कारवाही प्रक्रियाप्रति पूर्ण समर्थन व्यक्त गर्दै सरकारलाई धन्यवाद दिएको छ। महासंघका अनुसार यस्ता कदमहरूले शैक्षिक परामर्श क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन सहयोग पुग्नेछ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›