ठेक्का सेटिङमा फस्यो कुमारी बैंक
▸ यस स्टोरीको अंश: ग्लोबल आईएमई बैंकका कर्मचारी पिताम्बर खड्काको आत्महत्या प्रकरणमा उच्च अधिकारीमाथि अनुसन्धानको माग
कुमारी बैंकका सीईओ रामचन्द्र खनालको कार्यकालमा बैंकले चरम वित्तीय संकट र गम्भीर कानुनी विवादको सामना गरिरहेको छ । बैंकले यस वर्ष शेयरधनीलाई कुनै लाभांश नदिने निर्णय गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा १२.५० प्रतिशत लाभांश दिएयता बैंकले लगातार तीन वर्ष शेयरधनीको हात खाली राखेको छ । यस्तै, राष्ट्रिय गौरवको आयोजना ‘सुनकोशी–मरिण डाइभर्सन’ मा काम नगर्ने विवादास्पद निर्माण कम्पनी ‘पटेल–रमण जेभी’ को ३ अर्ब ६० करोड रुपैयाँ बैंक ग्यारेन्टी जफत गर्न सर्वोच्च र जिल्ला अदालतले बाटो खोलिसक्दा पनि कुमारी बैंकले आफ्नो भागमा पर्ने १० करोड रुपैयाँ फिर्ता दिन मानेको छैन ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित