प्रधानमन्त्रीले ल्याएका निर्वाचनसम्बन्धी दुई विधेयक पारित
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभा बैठकमा पर्यटन, विधि विज्ञान प्रयोगशाला, निर्वाचन र मतदाता नामावली विधेयकमाथि छलफल
प्रतिनिधिसभाको बैठकमा निर्वाचनसम्बन्धी दुई विधेयक सर्वसम्मतिबाट पारित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गरेको प्रस्तावमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ पारित भएका हुन् । सांसद प्रेमबहादुर बयकले निर्वाचनमा समानुपातिकतर्फ अपाङ्गता भएका व्यक्तिको सहभागिता सुनिश्चित गर्न आग्रह गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित