मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
▸ यस स्टोरीको अंश: मुस्ताङका किसानलाई ५०% अनुदानमा हाते ट्याक्टरसहित कृषि उपकरण हस्तान्तरण
मुस्ताङका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी जोत्ने कृषि यान्त्रिक उपकरण हाते ट्याक्टर (मिनी ट्रेलर) हस्तान्तरण गरिएको छ । राष्ट्रिय कृषि आधुनिकीरकण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ मुस्ताङले किसानलाई ५० प्रतिशत अनुदान सहुलियतमा हाते ट्याक्टरसहित नौ प्रकारका कृषि यान्त्रिक उपकरण हस्तान्तरण गरेको हो । स्याउ र आलु जोनमा सूचीकृत ५७ जना किसानलाई उनीहरुको मागमा आधारित कृषि यान्त्रिक उपकरण ५० प्रतिशत अनुदान सहुलियतमा हस्तान्तरण गरिन थालिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित