बजारीकरण र भुक्तानीको अभावमा इलामका चिया तथा दुग्ध किसान मर्कामा
▸ यस स्टोरीको अंश: इलामका चिया र दुग्ध किसान बजारीकरण र भुक्तानी अभावमा मर्कामा परेको भन्दै सांसद राईको ध्यानाकर्षण
नेपाली काँग्रेसका सचेतक निश्कल राईले इलाममा सञ्चालित चिया तथा दुग्धजन्य उद्योगहरूले उचित बजारीकरणको अभाव झेल्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले उद्योगहरूको सङ्ख्या उल्लेख्य भए पनि किसान र उद्यमीहरूले उत्पादनअनुसारको प्रतिफल पाउन नसकेको बताए । विशेषगरी दुग्ध क्षेत्रमा समस्या गम्भीर बनेको उल्लेख गर्दै राईले सरकारी निकाय दुग्ध विकास संस्थान (डीडीसी) ले नै किसानको भुक्तानी रोकेको आरोप लगाए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित