इरानमा पक्राउ परेका अमृत झा थुनामै, मन्त्री खनालको बचाउ गर्दै परराष्ट्रले माग्यो माफी
▸ यस स्टोरीको अंश: परराष्ट्र मन्त्रालयद्वारा अमृत झाको रिहाइबारे गलत सूचनामा माफी माग
परराष्ट्र मन्त्रालयले इरानको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झा रिहा भएको भन्दै मन्त्री शिशिर खनालले सार्वजनिक गरेको अभिव्यक्तिप्रति माफी मागेको छ । मन्त्रालयले १५ अप्रिलमा इरानका लागि नेपाली अनररी कन्सल साहराम सान्तिएले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई झाको रिहाइबारे जानकारी प्राप्त भएको र उनी रिहा भएको खबर पठाएको जनाएको छ । मन्त्रालयले झाको परिवारलाई समेत उक्त जानकारी गराएको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›