इरानमा पुर्पक्षका लागि थुनामा रहेका झाको निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी
▸ यस स्टोरीको अंश: परराष्ट्र मन्त्रालयद्वारा अमृत झाको रिहाइबारे गलत सूचनामा माफी माग
परराष्ट्र मन्त्रालयले इरानको बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली नागरिक अमृत झाको निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी रहेको जनाएको छ । अवैध सामान तस्करी एवं ओसारपसारको आरोपमा पक्राउ परेका झाको मुद्दा इरानको कानुनअनुसार हुने र यसका लागि उपलब्ध सबै माध्यमको प्रयोग गरी पहल भइरहेको मन्त्रालयले स्पष्ट पारेको छ । यसअघि झा रिहा भएको भन्ने अनौपचारिक जानकारी सार्वजनिक भएपछि सिर्जना भएको अन्योलप्रति मन्त्रालयले क्षमायाचना गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›