कृषिमा आधुनिकीकरणमार्फत उत्पादन वृद्धि गर्न सरकार प्रतिबद्ध छ : कृषिमन्त्री
▸ यस स्टोरीको अंश: कृषि मन्त्री चौधरीद्वारा किसानलाई मल अभाव नहुने दाबी, भारतबाट ५० हजार टन खरिद प्रक्रिया सुरु
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएकी छन् । उनले कृषकलाई सम्मान र सहुलियत प्रदान गर्दै कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमलाई अगाडि बढाइन सरकार प्रतिबद्ध रहेको बताएकी हुन् । मन्त्री चौधरीले सीमित साधन र स्रोतका बाबजुद सरकारले मल, बिउ, सिँचाइ, प्राविधिक सेवा, पशुपन्छीलाई खोप, कृषि पूर्वाधार, कृषि यान्त्रीकरण तथा बाली र पशुधन बीमाजस्ता क्षेत्रमा सहुलियत उपलब्ध गराउँदै आएको समेत बताइन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित