‘कृषि नीतिमा ‘पोलिसी डिपार्चर’ आवश्यक’ : कृषि मन्त्री चौधरी
▸ यस स्टोरीको अंश: कृषि मन्त्री चौधरी भन्छिन्, रासायनिक मलको विकल्प खोज्नुपर्छ र नीतिगत सुधार आवश्यक छकृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रलाई रूपान्तरण गर्न नीतिगत रूपमा ठोस परिवर्तन आवश्यक रहेको बताएकी छन्। उनले हालसम्मका ऐन तथा नीतिहरू नागरिकमुखी बन्न नसकेको उल्लेख गर्दै मन्त्रालयले विद्यमान नीतिगत कमजोरी सुधार गरी कृषि क्षेत्रलाई व्यवहारिक र प्रभावकारी बनाउने दिशामा काम गरिरहेको जानकारी दिइन्। मन्त्री चौधरीले रासायनिक मलमा भइरहेको ठूलो सरकारी लगानीको विकल्प खोज्नुपर्ने आवश्यकता औँल्याउँदै उक्त लगानी किसानको प्रत्यक्ष लाभ हुने अन्य उत्पादनशील क्षेत्रमा पुनः परिचालन गर्न सकिने सम्भावना रहेको बताइन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›