‘डाबर हनी’ र ‘नोभा’ आइसक्रिममा कैफियत
▸ यस स्टोरीको अंश: डाबर नेपालको मह गुणस्तरहीन, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
गुणस्तरमा समस्या देखिएपछि डाबर नेपालको उत्पादन ‘डाबर हनी’ बजारबाट फिर्ता गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्देशन दिएको छ । विभाग वा अन्तर्गतको निकायबाट बजार अनुगमन/निरीक्षणका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम संकलित खाद्य पदार्थको नमुना प्रयोगशालामा परीक्षण गर्दा डाबर हनी न्यूनस्तरको पाइएकाले ब्याच नम्बर एनवी ००४७७, पाँच सय ग्राम प्याकिङका सबै हनी बजारबाट तत्काल फिर्ता गर्न निर्देशन जारी गरेको हो । त्यसैगरी फिस्टेल डेरीले आफ्नो एउटा ब्याचको आइसक्रिम बजारबाट फिर्ता गर्ने प्रक्रिया सुरु गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›