प्रि–बजेट छलफलमा अर्थमन्त्री अनुपस्थित भएकोमा सांसद सिंहको असन्तुष्टिः ‘नयाँको नाममा सबै परम्परा नभत्काऔँ’
▸ यस स्टोरीको अंश: अर्थमन्त्रीको अनुपस्थितिले प्रतिनिधि सभा बैठक स्थगित, सांसदहरूको विरोध
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले प्रि–बजेटमाथिको छलफल जारी रहँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित नभएको भन्दै असन्तुष्टि जनाएका छन्। आफ्नो २० वर्षको संसदीय अभ्यासमा पहिलोपटक अर्थमन्त्रीविना नै प्रि–बजेट छलफल भएको देखेको भन्दै सांसद सिंहले आपत्ति जनाए। नयाँपनको नाममा संसदीय परम्परा भत्काउँदै जाँदा संसद्को औचित्य नै समाप्त हुने भन्दै उनले चिन्ता व्यक्त गरे।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›