रासायनिक घटाई प्राङ्गारिक मल बढाइने
▸ यस स्टोरीको अंश: कृषि मन्त्री चौधरीद्वारा किसानलाई मल अभाव नहुने दाबी, भारतबाट ५० हजार टन खरिद प्रक्रिया सुरु
सरकारले रासायनिक मलको बढ्दो प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास आएको र अर्थतन्त्रमा ठूलो भार थपिएको भन्दै रासायनिक मलको विकल्पमा प्राङ्गारिक मल प्रवर्धनलाई प्राथमिकतामा राखेको छ । पश्चिम एसियाली मुलुकमा भएको युद्धका कारण मल आपूर्तिमा असहज भएको र मलकै लागि ठूलो रकम बाहिरिन थालेपछि यसलाई नियन्त्रण गर्न जैविक तथा प्राङ्गारिक मलको प्रयोगलाई बढावा दिन लागिएको हो । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत प्राङ्गारिक मल उत्पादनका लागि कार्यक्रम राखिने मन्त्रालयले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›