संसद्मा देखियो रोचक दृश्य: खरेलले बोल्दाबोल्दै केरुङले औँला ठड्याउँदै पाखुरा सुर्किन थालेपछि
▸ यस स्टोरीको अंश: विपक्षीको अवरोध र रास्वपा सांसदको टिप्पणीपछि प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभाको बैठकमा पर्यटन विधेयक २०८२ माथिको सैद्धान्तिक छलफलका क्रममा रास्वपा सांसद जगदीश खरेलले विपक्षी दलहरूमाथि गम्भीर आरोप लगाएपछि कांग्रेस सांसद नरेन्द्र कुमार केरुङ आक्रामक भएका थिए। केरुङले औँला ठड्याउँदै पाखुरा सुर्किन थालेपछि कांग्रेस प्रमुख सचेतक बासना थापाले उनलाई सम्हालेकी थिइन्। यस क्रममा संसद्को वातावरण बिग्रिएपछि सभामुख डोल प्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›