जगदीश खरेलको अभिव्यक्तिमा नेकपाको नियमापत्ति
▸ यस स्टोरीको अंश: विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
रास्वपाका सांसद जगदीश खरेलले ‘विपक्षी दलहरुले संसदमा तमासा देखाए’ भन्ने अभिव्यक्तिमाथि नेकपाका सांसद रमेश मल्लले नियमापत्ति गरेका छन् । सांसद मल्लले उक्त शब्द अपमानजनक र असंसदीय भएको भन्दै संसदीय रेकर्डबाट हटाइयोस् भनी माग गरेका हुन् । विपक्षीको विरोधकाबीच सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठक अगाडि बढाएका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›