सेयर बजारका लगानीकर्तालाई राहत, पुँजीगत लाभकरलाई अन्तिम करको मान्यता

taksarnews.com · 7 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४को बजेटमार्फत सेयर बजारका लगानीकर्तालाई राहत दिने महत्वपूर्ण व्यवस्था गरेको छ । बजेटमा धितोपत्र कारोबारबाट प्राप्त हुने पुँजीगत लाभकरलाई अन्तिम करको रूपमा मान्यता दिने घोषणा गरिएको हो। यो व्यवस्थासँगै अब सेयर कारोबारबाट नाफा कमाएका लगानीकर्ताले तिरेको पुँजीगत लाभकरलाई अन्तिम कर मानिनेछ र सो आम्दानीमा पुनः थप कर लाग्ने अन्योल अन्त्य हुने अपेक्षा गरिएको छ । लामो समयदेखि लगानीकर्ताहरूले पुँजीगत लाभकरलाई अन्तिम करको रूपमा स्पष्ट कानुनी व्यवस्था गर्न माग गर्दै आएका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू