धितोपत्र बोर्डमा फेरि म्याच फिक्सिङ ! ४७ जनाको नामै सार्वजनिक नगरी ४ जनामात्रै छनौट
नेपालको धितोपत्र बजारको विकास र लगानीकर्ताको हित संरक्षणका लागि ऐनद्वारा नै निर्दिष्ट भई गठन भएको नेपाल धितोपत्र बोर्डको अध्यक्षमा पहिलेजस्तै यसपटक पनि म्याच फिक्सिङ हुन लागेको चर्चा चुलिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा गठित सरकारले पनि पहिलेका कांग्रेस र एमालेकै पालाका सरकारहरुले जस्तै गरी धितोपत्र बोर्डमा आफ्ना मान्छेलाई अध्यक्ष बनाउने खेल दोहोर्याउन लागेको चर्चा हुन थालेको हो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टले धितोपत्र बोर्डका अध्यक्ष छनौट समितिबाट राजीनामा दिएर आफू मातहतका सदस्य डा सञ्जय आचार्यलाई समितिको संयोजक बनाई आफ्नै दाजु डा गोपाल भट्टलाई अध्यक्षको सम्भावित सूचीमा सिफारिस गर्न लगाएको स्रोतको दाबी छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›