कोशी प्रदेश लोकसेवा आयोगमा भागबण्डा, नेकपालाई पनि समेटियो

यस स्टोरीको अंश: कोशी प्रदेश लोकसेवा आयोगमा नेकपालाई सदस्य पदमा समेटियो
lokaantar.com · 1 हप्ता अघि

कोशी प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगको रिक्त सदस्य पदमा प्रतिपक्षी दल नेकपालाई पनि समेटेको छ । एमाले र कांग्रेसको संयुक्त सरकार रहेको कोशीमा राजनीतिक समझदारीका आधारमा नेकपालाई समेत आयोगको सदस्यमा नियुक्त गरिएको हो । आयोगको रिक्त दुई सदस्य पदमा नेकपा (माओवादी केन्द्र) निकट भीमबहादुर फुदुङ लिम्बु र नेपाली कांग्रेस निकट रमा थापालाई नियुक्त गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू