हिमाल आरोही शेर्पा र कार्कीलाई सम्मान

यस स्टोरीको अंश: अमेरिकी कूटनीतिज्ञ माइक हार्करले सगरमाथाको सफल आरोहण गरे, दूतावासद्वारा प्रशंसा
prasashan.com · 6 दिन अघि

सशस्त्र प्रहरी बल नेपालले सगरमाथा र लोत्से हिमाल आरोहण गर्ने सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकी शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई सम्मान गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले उनीहरूलाई बधाई दिँदै हिमालको चुचुरोमा राष्ट्र र संगठनको झण्डा फहराउनु गौरवको विषय भएको बताए । यसले संगठनभित्र महिला सहभागिता र नेतृत्वलाई थप प्रेरित गर्ने विश्वास लिइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू