“समयमा काम, तत्काल परिणाम” नारासहित ऋषि धमलाको नेतृत्वमा ‘बृहत घोषणा कार्यक्रम’ हुँदै
▸ यस स्टोरीको अंश: ऋषि धमलाद्वारा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा, बालेन सरकारलाई सहयोग गर्ने प्रतिबद्धता
“समयमा काम, तत्काल परिणाम” भन्ने नारासहित स्वतन्त्र नागरिक अभियान नेपालले देशको वर्तमान आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थाबारे गम्भीर बहस तथा स्पष्ट दृष्टिकोण प्रस्तुत गर्ने उद्देश्यले ‘बृहत घोषणा कार्यक्रम’ को आयोजना गरेको छ । भोली(जेठ १०) मा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम गर्न लागेको वरिष्ठ पत्रकार तथा अभियानका अध्यक्ष ऋषि धमलाले जानकारी दिए । आइतबार दिउँसो १ बजे सुरु कार्यक्रममा देशको वर्तमान राजनीतिक दिशा, आर्थिक संकट, सामाजिक असन्तुलन तथा जनतामा बढ्दो निराशाबारे धारणा सार्वजनिक गरिने बताइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›