एआई आधारित आर्थिक रूपान्तरणमा जोड, १५ नेपाली अनुसन्धानकर्तालाई फेलोसिप प्रदान गरिने

यस स्टोरीको अंश: सरकारले काठमाडौंमा 'सार्वभौम एआई कम्प्युट केन्द्र' स्थापना गर्ने, नेपाल टेलिकमको सेयर सर्वसाधारणमा बिक्री गरिने
prasashan.com · 7 घण्टा अघि

सरकारले कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित अर्थतन्त्र निर्माण तथा उच्च मूल्यका डिजिटल रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने घोषणा गरेको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रलाई उच्च मूल्यका एआई तथा कम्प्युटिङ सेवामा रूपान्तरण गर्ने प्रस्ताव गरिएको जानकारी दिए। नेपालमा उपलब्ध सूचना प्रविधि जनशक्तिको क्षमता कृत्रिम बुद्धिमत्ता प्रविधिको विकासमा उपयोग गर्दै सीपयुक्त रोजगारी सिर्जना, डिजिटल अर्थतन्त्रको विस्तार तथा एआईमा आधारित आर्थिक रूपान्तरणको आधार निर्माण गर्ने लक्ष्य सरकारले लिएको छ। यसैक्रममा, आगामी आर्थिक वर्ष एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति हासिल गरेका कम्तीमा १५ जना नेपाली अनुसन्धानकर्तालाई प्रतिष्ठित फेलोसिप प्रदान गरिने घोषणा गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू