अर्थमन्त्री वाग्लेद्वारा राष्ट्रपतिलाई बजेटबारे जानकारी

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले राष्ट्रपति पौडेललाई आगामी बजेटबारे जानकारी गराए
newspolar.com · 1 दिन अघि

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराउनु भएको छ । बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शीतल निवास पुगेर उहाँले आर्थिक वर्ष २०८३–८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) बारे राष्ट्रपतिलाई जानकारी गराउनु भएको हाे । भेटमा अर्थमन्त्री डा.वाग्लेले संसदमा पेस गरेको आर्थिक सर्वेक्षण २०८२–८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपतिलाई हस्तान्तरण गर्नुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू