कृष्णकुमार कार्की र नाइजेरियाली युवती प्रकरणले राजनीतिक तरंग, रास्वपाले सोध्ने भयो स्पष्टीकरण
▸ यस स्टोरीको अंश: रास्वपा सांसद कृष्णकुमार कार्कीमाथि विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप: छानबिनको माग
अफ्रिकी मुलुक नाइजेरियाकी एक युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको समाचार सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद कृष्णकुमार कार्कीसँग स्पष्टीकरण सोध्ने तयारी गरेको छ । मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद कार्कीको विषयलाई लिएर चौतर्फी चासो र आलोचना बढेपछि पार्टीले उनीसँग स्पष्टीकरण माग्न लागेको हो । पीडित २६ वर्षीया नाइजेरियाली युवती रिता अजुको हाल गर्भवती अवस्थामा छिन् र उनले आफूसँग खाने पैसा समेत नभएको गुनासो पोखेकी छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›