बाँझो जमिन ‘भूमि बैंक’मा दर्ता गर्न नगरपालिकाको आह्वान, कम्तीमा २ रोपनी जग्गा सूचीकृत गर्न सकिने

यस स्टोरीको अंश: राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले विषादीको सट्टा जैविक झोल प्रयोगमा जोड
prasashan.com · 1 हप्ता अघि

गोरखाको पालुङटार नगरपालिकाले कृषि योग्य जमिनको संरक्षण, बाँझो जमिनको सदुपयोग तथा व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘भूमि बैंक कार्यक्रम कार्यविधि, २०८३’ कार्यान्वयनमा ल्याएको छ । सोही कार्यविधिअनुसार नगरपालिकाले भूमि बैंकमा जग्गा दर्ताका लागि सार्वजनिक सूचना जारी गरेको जनाएको छ । नगरपालिकाले नगरभित्र रहेका खेतीयोग्य तर विभिन्न कारणले प्रयोगविहीन अवस्थामा रहेका जमिनलाई पुनः उत्पादन प्रणालीमा जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू