केरा खेतीभित्र मकैखेती
▸ यस स्टोरीको अंश: कैलालीका किसान केराखेतीभित्र बहुबाली खेतीमा आकर्षित
कैलालीका किसानहरू केराखेतीसँगै मकै, खुर्सानी, तोरी जस्ता बहुबाली खेतीतर्फ आकर्षित भएका छन् । टीकापुर नगरपालिका–४ बाघमाराका किसान टेकेन्द्र धामीले केराखेतीभित्र मकैखेती गरी यस वर्ष मकैको दुई बाली लिने तयारीमा छन् । उनले साढे ६ बिघा जमिनमा केराखेतीसँगै मकैखेती गरेका छन् । टीकापुर–५ पहाडीपुरका किसान शेरबहादुर साउदले केरा खेतीको बीचमा असोज महिनामा मकै र तोरी खेती गरेका छन् । बहुबाली खेतीले किसानलाई दोहोरो आम्दानी दिलाउने भएकाले किसान त्यसतर्फ आकर्षित भएका हुन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›