उपासना अभिनीत 'जलाकी'को छायांकन सकियो
▸ यस स्टोरीको अंश: उपासना र सोनमको 'जलाकी'को छायांकन ३९ दिनमा सकियो, पोस्ट-प्रोडक्सन सुरु
फिल्म 'जलाकी'को छायांकन सकिएको छ । पोखरा इन्टरनेशनल म्युजियममा अन्तिम दृश्य छायांकन गर्दै ३९ दिनमा फिल्मको सुटिङ सम्पन्न भएको निर्माण टिमले जनाएको छ । छायांकन सकिएसँगै पोस्ट–प्रोडक्सनको काम सुरू गरिएको निर्देशक अशोक थापा मगरले जानकारी दिए । फिल्मको मुख्य भूमिकामा अभिनेत्री उपासना सिंह ठकुरी रहेकी छन् । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा उपासनासहित सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गुरूङ लगायतको अभिनय छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›