ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ११ लाख ५१ हजार राजस्व सङ्कलन

यस स्टोरीको अंश: ट्राफिक प्रहरीद्वारा ११ लाख ५१ हजार राजस्व सङ्कलन, २,४५३ चालक कारबाहीमा
pradeskhabar.com · 2 दिन अघि

ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन गरेको चेकिङका क्रममा दुई हजार ४५३ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट रु ११ लाख ५१ हजार राजस्व सङ्कलन गरिएको छ । आज बिहानसम्म सञ्चालन गरिएको चेकिङका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारीसाधन चलाउने १०५, राइड सेयरिङमा २३८, रातोबत्तीमा १८४, तीव्र गतिमा १८६, लेनक्रसमा १४, सडक फुटपाथमा १००, हर्न निषेधमा ११९, एकतर्फीमा १३९, अन्यमा एक हजार ३६८ गरि कूल दुई हजार ४५३ जना चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू