बालेन सरकारले ल्यायो घाटाको बजेट, कर संरचनामा व्यापक हेरफेर
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले गरे कर प्रणालीमा व्यापक पुनरावलोकन: १० लाखसम्म आयमा १% कर
सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमा राजस्वमार्फत १४ खर्ब ५ अर्ब ३१ करोड रूपैयाँ संकलन गर्ने लक्ष्य छ। कूल स्रोत व्यवस्थापनपछि ६ सय ५७ अर्ब २९ करोड रूपैयाँ न्यून हुने अनुमान छ, जसलाई वैदेशिक ऋण र आन्तरिक ऋणमार्फत पूर्ति गरिनेछ। बजेटले विभिन्न कर तथा महसुलका दरमा हेरफेर गरेको छ, जसमा व्यक्तिगत आयकर छुटको सीमा दोब्बर वृद्धि गरी १० लाख रूपैयाँ पुर्याइएको छ भने चुरोट, मदिरा लगायतका वस्तुमा कर बढाएको छ। कर्मचारीको तलब २१ प्रतिशतसम्म बढाउने घोषणा पनि बजेटमा समावेश छ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›