निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा स्थगित
▸ यस स्टोरीको अंश: स्वास्थ्य बीमा बोर्डद्वारा निजी अस्पतालमा आकस्मिकबाहेकका सेवा स्थगित
स्वास्थ्य बिमा बोर्डले वित्तीय संकटको कारण देखाउँदै निजी स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेक बिमा स्वास्थ्य सेवा स्थगनको सूचना निकालेको छ। बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सूचना जारी गर्दै जेठ १६ देखि लागू हुने गरी निजी स्वास्थ्य संस्थामा आकस्मिकबाहेक स्वास्थ्य बिमा सेवा स्थगित गरिएको उल्लेख गरेकी हुन्। जेठ ११ को बोर्ड बैठकबाट निजी अस्पतालमा आकसम्मिकबाहेक स्वास्थ्य बिमा सेवा स्थगित गर्ने निर्णय गरेको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित