बकर ईदको अवसरमा ओलीले शुभकामना दिँदै भने : ‘विविधताबीचको एकतामै नेपालको शक्ति’

यस स्टोरीको अंश: बकर इद पर्वले धार्मिक तथा सांस्कृतिक सद्भाव सुदृढ पार्ने अध्यक्ष दाहालको विश्वास
www.lokpath.com · 3 घण्टा अघि

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विविध आस्था, संस्कार र सभ्यता संरक्षित भएको पावन भूमि भएको बताएका छन् । इस्लाम समुदायको महान् पर्व बकर ईदको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपालमा धार्मिक सहिष्णुता र सद्भावको परम्परा बलियो रहेको उल्लेख गरेका हुन् । ओलीले सन्देशमा मन्दिर, मस्जिद र गुम्बाका स्वरहरू एउटै आकाशमुनि सहअस्तित्वको सङ्गीत बनेर गुन्जिने बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू