तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता जेठ १४–१५ मा
▸ यस स्टोरीको अंश: तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता जेठ १४-१५ मा काठमाडौंमा हुने
“तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता” को तेस्रो संस्करण आगामी जेठ १४ र १५ गते काठमाडौंमा आयोजना हुने भएको छ । नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसन को संयुक्त आयोजनामा हुने प्रतियोगितामा नेपाली तथा विदेशी आरोहीहरूको सहभागिता रहनेछ । प्रतियोगितामा पुरुष तथा महिला विधामा छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । विजेताहरूले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । यस वर्ष पहिलो पटक लिड क्लाइम्बिङ विधामा प्रतियोगिता हुन लागेको हो । यसअघि प्रतियोगिता टप–रोप क्लाइम्बिङमा मात्र सीमित थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›