अमेरिकाविरुद्ध नेपालको सानदार जित
▸ यस स्टोरीको अंश: नेपालले अमेरिकालाई १२२ रनले हरायो, इशान र दीपेन्द्रको अर्धशतक
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा भइरहेको त्रिकोणीय शृङ्खलाको अन्तिम खेलमा नेपालले शीर्ष स्थानको अमेरिकालाई १२२ रनले पराजित गरेको छ । ब्याटर इशान पाण्डेले ८४ रन र दीपेन्द्र सिंह ऐरीले ५९ रनको योगदान दिएपछि नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ३१८ रनको योगफल खडा गरेको थियो । ३१९ रनको लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा १९५ रनमा अलआउट भयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›