लागुऔषधसहित सन्तोषकुमार पक्राउ

यस स्टोरीको अंश: कास्की ट्राफिक कार्यालयद्वारा वैशाखमा ४४ लाखभन्दा बढी राजस्व संकलन
nepalnews.com · 1 हप्ता अघि

जिल्ला प्रहरी कार्यालय धनुषाले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। कार्यालयका अनुसार धनुषाधाम नगरपालिका ८‚ भीमानचोकमा सञ्चालनमा रहेको समीक्षा हेल्थ केयर प्रालिबाट आइतबार साँझ लागुऔषधसहित एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धनुषा गणेशमान चारनाथ नगरपालिका सन्तोषकुमार विश्वकर्मा छन्। इलाका प्रहरी कार्यालय ढल्केबर लागुऔषध ब्युरो शाखा महोत्तरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कारोबार भइरहेको भन्ने सूचनाका आधारमा पसलमा छापा मारेको हो। विश्वकर्माको साथबाट प्रहरीले पाँच हजार ९१९ पिस लागुऔषध बरामद गरेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू