स्वास्थ्य बीमा कार्यक्रममा व्यापक पुनर्संरचना हुन्छ: अर्थमन्त्री वाग्ले
▸ यस स्टोरीको अंश: सरकारले स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्ने, तीन वर्षमा ९०% नागरिकलाई समेट्ने लक्ष्य
सरकारले स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमा उक्त कुरा उल्लेख गरिएको हो । बजेटमा आगामी ३ वर्षमा ९० प्रतिशतलाई स्वास्थ्य विमाको दायरामा ल्याइने लक्ष्य पनि राखिएको अर्थमन्त्री वाग्लेले बताए । उनले भने ‘स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्नेछौँ । छरिएर रहेका सामाजिक सुरक्षा स्वास्थ्य कार्यक्रम र स्वास्थ्य सम्बन्धी दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी विधि अपनाउनेछौ । स्वास्थ्य विमाको सर्वव्यापिकरणबाट आगामी ३ वर्षमा ९० प्रतिशत स्वास्थ्य विमाको दायरामा आउने र व्यक्तिगत उपचार खर्चमा उल्लेख्य कटौती हुने अपेक्षा राखेका छौ । राष्ट्रिय ट्रमा नीति तर्जुमा गरी सडक दुर्घटना र आकस्मिक ट्रमा बाट हुने जनधनको क्षति न्यूनीकरण गर्नेछौँ ।’ अर्थमन्त्री वाग्लेले सडक दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि राष्ट्रिय ट्रमा नीति तर्जुमा गरी लागू गर्ने पनि बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›