बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग
▸ यस स्टोरीको अंश: औषधि उद्योगीद्वारा बाह्य आयातमा कडाइ र स्वदेशी उत्पादन संरक्षणको माग
नेपाली औषधि उत्पादकहरुले नेपाली उद्योग आयातको दबाबमा परेको जनाउँदै बाह्य प्रतिस्पर्धा रोक्न सरकारसँग माग गरेका छन्। उनीहरुले आन्तरिक प्रतिस्पर्धा गरेर नेपालमा औषधि उपलब्ध गराउने भन्दै आयातमा कडाइ गर्न आग्रह गरेका हुन्। नेपालमा आत्मनिर्भर रहेका औषधिको कच्चा पदार्थ मात्रै आयात गर्ने नीति सरकारले लिनुपर्नेमा उनीहरुको जोड छ। नेपालमा १०० हाराहारी औषधि उद्योग छन्, तीमध्ये १० बन्द भइसकेको र बाँकी ५० बन्द हुने अवस्थामा रहेको उद्योगीहरुले जनाएका छन्।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›