स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन अर्थ मन्त्रालयलाई संसदीय समितिको निर्देशन

यस स्टोरीको अंश: स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन अर्थ मन्त्रालयलाई संसदीय समितिको निर्देशन
www.osnepal.com · 4 दिन अघि

प्रतिनिधिसभा अन्तर्गतको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले नेपाली उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न र विद्यमान कर तथा भन्सार महसुलको पुनरावलोकन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने भएको छ । समितिका सभापति रहबर अन्सारीले नेपाली उद्योगहरूले लामो समयदेखि आफ्नो प्रतिस्पर्धात्मक क्षमता घट्दै गएको गुनासो गरिरहेको सन्दर्भमा समितिले गम्भीरतापूर्वक ध्यान दिएको बताए । कच्चा पदार्थ आयात गर्दा लाग्ने उच्च कर र भन्सार महसुलका कारण नेपालमै उत्पादित वस्तुहरूको लागत महँगो हुन गई आयातित वस्तुहरूसँग प्रतिस्पर्धा गर्न कठिन भइरहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू