‘ग्रामीण क्षेत्रका किसानलाई बाँदर आतङ्कसँग जुध्ने प्रविधिको विकासमा बजेट विनियोजन गर्न माग’
▸ यस स्टोरीको अंश: सांसदहरूले बाँदर आतंक नियन्त्रणका लागि अनुसन्धान र बजेट माग गरे
प्रतिनिधिसभाको बैठकमा सांसदहरूले वित्तीय सङ्घीयताको कार्यान्वयनमार्फत स्थानीय तहलाई सबलीकरण गर्न र ग्रामीण क्षेत्रका किसानलाई बाँदर आतङ्कसँग जुध्ने प्रविधिको विकासमा बजेट विनियोजन गर्न माग गरेका छन्। सांसद पूर्णप्रसाद लिम्बूले भूपू बेलायती गोर्खा सैनिकका सन्ततिलाई वंशजका आधारमा नेपाली नागरिकता दिन माग गरे। राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनले बाँदर आतङ्क रोक्ने प्रविधिको विकासका लागि लगानी गर्न सरकारको ध्यानाकर्षण गराए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›