विकास निर्माणका लागि समानुपातिक बजेटको माग

यस स्टोरीको अंश: प्रतिनिधिसभामा सांसदहरूद्वारा विकास निर्माणका लागि समानुपातिक बजेटको माग
www.reportersnepal.com · 3 दिन अघि

प्रतिनिधिसभाको बैठकमा विभिन्न दलका सांसदहरूले विकास निर्माणका लागि समानुपातिक बजेट विनियोजन हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले दोलखामा पर्यटकीय गतिविधि कम भएको, सन्तान प्राप्त हुन नसकेका दम्पतीका लागि सहज उपचार पद्धति विकास गरिनुपर्ने, काभ्रे क्षेत्र नं १ का सडक बाटोहरू कालोपत्र हुन नसकेको, वीरगञ्जको रङ्गशाला र नारायणी प्रादेशिक अस्पतालको पूर्वाधार विकास, भूमिहीन सुकुमवासीले लालपुर्जा पाउन नसकेको, वन कार्यालयका प्रतिनिधिले बस्तीमा पुगेर घर भत्काइने चेतावनी दिएको, तापक्रम बढेर हिमाल पग्लँदा विपद्को जोखिम बढेको, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडित नागरिकहरू शरणार्थी हुनुपरेको, धादिङमा बृहत् पर्यटकीय क्षेत्र बनाउन बजेट विनियोजन गर्नुपर्ने, विशिष्ट व्यक्तिको सुरक्षाका नाममा धेरै सुरक्षाकर्मी खटाउन नहुने, मकवानपुरको मध्यवर्ती क्षेत्रका किसानको मानवीय र बाली संरक्षण चुनौतीपूर्ण भएको, माध्यमिक तहसम्म निःशुल्क शिक्षा भनिए पनि निजी क्षेत्रमा जथाभावी शुल्क लिएको, मुलुकमा आत्मनिर्भर अर्थतन्त्र बनाउनुपर्ने र ‘भिजिट नेपाल २०८५’ लाई सफल बनाउन पर्यटकीय विकास गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू