बुधबार नेप्सेमा उत्साहः परिसूचक ३० अंकले उकालो, कारोबार रकम पनि बढ्यो
साताको लगातार दुई कारोबार दिन ओरालो लागेको सेयर बजार बुधबार भने उल्लेख्य सुधारसहित बन्द भएको छ । लगानीकर्तामा सकारात्मक मनोविज्ञान देखिएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको हो । यससँगै नेप्से परिसूचक दुई हजार सात सय ५४.४८ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । बजारमा सुधार आएसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›