आज ३३ औँ मदन–आश्रित स्मृति दिवस
▸ यस स्टोरीको अंश: एमालेले देशभर मनायो ३३ औँ मदन–आश्रित स्मृति दिवस
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा देशका विभिन्न भागमा स्मृतिसभासहित विविध कार्यक्रम गर्दैछ । मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचारगोष्ठीको आयोजना हुँदैछ । अन्य स्थानमा उहाँहरूको योगदानको चर्चा, विचार गोष्ठी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर र अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›