एमालेमा अधिकांश नेता ओलीको विपक्षमा, मार्गप्रशस्त गर्न दबाब
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा ओलीको राजीनामा माग, महासचिव पोखरेल पनि सुधारको पक्षमा
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई मार्गप्रशस्त गर्न दबाब बढेको छ । भक्तपुरको गुन्डुस्थित ओलीको निजी निवासमा जारी बैठकमा अधिकांश पदाधिकारीहरूले नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको विषय उठाएका छन् । उपमहासचिव योगेश भट्टराईले ओलीको राजीनामा मागेको र महासचिव शंकर पोखरेल तथा उपमहासचिव लेखराज भट्टले पनि पार्टी पुनर्गठनको पक्षमा धारणा राखेका छन् । अध्यक्ष ओलीले भने आफूले कुनै पनि हालतमा पार्टी नेतृत्व नछाड्ने अडान लिएका छन् ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›