गणतन्त्र दिवसमा प्रभातफेरी
▸ यस स्टोरीको अंश: इनरुवामा गणतन्त्र दिवसको अवसरमा प्रभातफेरी र इनरुवा डे कार्यक्रम आयोजना
गणतन्त्र दिवसको उपलक्ष्यमा सुनसरी सदरमुकाम इनरुवामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । सुनसरी जिल्ला मूल समारोह समिति र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा नगरपालिकाका विभिन्न भाग परिक्रमा गरी महानन्द पार्कमा गएर सम्पन्न भएको छ । दिवसको अवसरमा सुनसरीका प्रमुख जिल्ला अधिकारी र इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले महानन्द पार्कमा संयुक्त रुपमा झण्डा तोलन गर्नुभयो । प्रभातफेरी कार्यक्रममा कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधिलगायतको सहभागिता थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित