एक महिनामा ३४८ महिलाले पाए निःशुल्क प्रसूति सेवा
▸ यस स्टोरीको अंश: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनामा ३४८ महिलाले निःशुल्क प्रसूति सेवा पाए
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम निःशुल्कमा सञ्चालनमा आएपछि प्रतिष्ठानको प्रसूति सेवा थप प्रभावकारी बन्दै गएको छ । चालू आर्थिक वर्षको एक महिनामा ३४८ महिलाले निःशुल्क प्रसूति सेवा प्राप्त गरेका छन् । प्रतिष्ठानका प्रसूति रोग विशेषज्ञ प्राडा वसन्त लामिछानेको नेतृत्वमा अन्य प्रसूति रोग विशेषज्ञ चिकित्सकको सहभागितामा निःशुल्क प्रसूति सेवा अस्पतालमा प्रदान गरिँदै आएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›